लागू औषध दुव्र्यसन विरुद्ध विद्यार्थी लाई जनचेतना जगाउदै ईलाका प्रहरी कार्यालय मोतीपुर
धनराज बि.क अबिरल | २०७६ भाद्र २४ गते १७:२९ मा प्रकाशित
नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत लागू औषध दुव्र्यसन विरुद्ध ईलाका प्रहरी कार्यालय मोतीपुरले लम्कीचुहा नगरपालिकामा रहेका विद्यालयमा विद्यार्थीहरुलाई जनचेतना जगाउँने अभियान संचालन गर्दै आएको छ । श्री राष्ट्रिय माध्यामिक विद्यालय मोतीपुरका कक्षा ९ र १० का विद्यार्थीलाई लागू औषध दुव्र्यसन विरुद्ध जनचेतना कार्यक्रम मोतीपुरमा सम्पन्न गरेको छ ।
करिब कक्षा ९ र १० का ७० जना विद्यार्थीलाई जनचेतना जगाउन पगेका ईलाका प्रहरी कार्यालय मोतीपुरका प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दले शुरुमा आÏनो परिचय दिए । प्रहरीले गर्ने काम कर्तब्य र भुमिकाको बारेमा जानकारी गराए । प्रहरी विद्यालयमा आउनुको उद्येश्य र छलफलको विषयको बारे बताएका थिए । विद्यार्थीलाई लागू औषध दुव्र्यसन भनेको के हो ? भनेर सोधिएको प्रश्नमा विर्थाीले सजिलै आफूले बुझेको जवाफ दिएका थिए । विद्यार्थीले दिएको जवाफको आधारमा निरीक्षक चन्दले लागू औषध दुव्र्यसनीका बारेमा थप प्रष्ट पारे । लागू औषधको कुलतमा फसेका व्यक्तिहरुका कारणले समाजमा विकृति तथा अपराध बढेर गएको उनले बताए ।
विद्यार्थी सँग सक्रिय रुपमा दोहोरो छलफल भएको थियो । विद्यार्थीले सोधेका प्रश्नको बुझिने गरी चन्दले जवाफ दिएका थिए । लागू औषधका कारणहरु, लागू औषधको बर्गिकरण, लागू औषध दुव्र्यसनबाट देखा पर्ने लक्षण तथा असरहरु र कानुनी सजायको बारेमा जानकारी गराउँदै लागू औषधको कारोबार र सेवन गर्नेलाई अवस्था हेरी ३ महिना देखि आजीवन सजाय हुने उनले बताए ।
ईलाका प्रहरी कार्यालय मोतीपुरका प्रहरी निरीक्षक चन्दले लम्कीचुहा नगरपालिकामा लागू औषध दुव्र्यसनी लाई न्यूनीकरण गर्न आफू लागि परेको बताए । समुदायलाई जिम्मेवार नबनाए सम्म सभ्य समाज निमार्ण हुन नसक्ने भन्दै समुदायलाई सचेत र जिम्मेवार बनाउन प्रहरी कार्यक्रमका साथ समुदायको बीचमा आएको उनले बताए ।
प्रहरी सहायक निरीक्षक बर्म बहादुर रोकायाले लागू औषधको सेवन र कारोबार गर्नेले बालबालिका लाई प्रयोग गर्न सक्ने सम्भावना बढी रहेकोले उनीहरुको लागि विद्यालयमा जनचेतना अनिवार्य रहेको बताए । विद्यार्थीले पनि लागू औषध दुव्र्यसनका बारेमा केही जानकारी पाएको र न्यूनीकरणका उपायको बारेमा बताएकोले विद्यार्र्थी पनि सजग र सचेत रहेको पाइएको उनले बताए । लागू औषध दुव्र्यसनको सेवन र कारोबार गर्नेहरु समाजमा भेटिए प्रहरीलाई खबर गर्ने बताउनुले कार्यक्रमबाट विद्यार्थीको हिम्मत बढेको रोकाय बताउँछन् ।
श्री राष्ट्रिय माध्यामिक विद्यालय मोतीपुरका शिक्षक केशराज खनालले लागू औषध दुव्र्यसनका बिरुद्ध प्रहरील धेरै राम्रो अभियान संचालन गरेको भन्दै प्रहरीको कामको प्रशंसा गरेकाछन् । विद्यार्थीले प्रहरी सँग खुलेर छलफल गर्ने मौका पाएको खनालले बताउँछन् । लागू औषध दुव्र्यसन विरुद्धको कार्यक्रमले विद्यार्थीले जनचेतना पाएको र विद्यार्थी मार्फत घरघरमा सजिलै सूचना पुग्ने उनले बताए । लम्कीचुहा नगरपालिका भरी लागू औषध दुव्र्यसन बिरुद्धका अभियान समुदाय स्तरमा प्रभावकारी रुपमा संचालन गर्ने प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दले जानकारी दिए ।