लम्कीचुहा
सुर्या लाईफ इन्स्योरेन्स लम्की साखा को समिक्षा कार्यक्रम लम्कीमा सप्पन्न
कैलाली पोष्ट | २०७६ भाद्र २५ गते २०:०४ मा प्रकाशित
डम्मर बुढा भाद्र २५, लम्की
सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लम्की साखा को आर्थिक बर्ष २०७५र७६ को समिक्षा कार्यक्रम बुधबार झुङगा रिसोर्ट लम्की मा सप्पन्न भएको छ । सुर्या लाईफ इन्स्योरेन्स लम्की साखाका प्रमुख सिबनाथ बि क को सभापतित्वमा सुरु भएको कार्यक्रमका सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड का सहायक महाप्रबन्धक किरण गौतम प्रमुख अतिथि रहनु भएको थियो।अन्य अतिथीहरुमा सुर्या लाईफ इन्स्योरेन्सका एरिया बा्रञ्च म्यानेजर हिरालाल चौधरी,बिस्ना बि सी,पत्रकार प्रिन्स बि क लगाएतका रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अथिति सहायक महाप्रबन्धक किरण गौतमले मान्छे जन्मे देखि मृत्यु सम्म पैसा चाहिने भएकोले अहिलेको यो समयमा प्रत्येक ब्यक्तिको बिमा हुन अति आवश्यक रहेको बताउनु भयो । पछिल्लो समयमा बिमा ब्याबसायमा बेग्लै पहिचान बनाउन सफल सुर्या लाईफ ईन्सुरेन्स आगामी बर्ष देशकै उत्कृष्ट बिमा कम्पनी हुने लक्ष्य लिएको बताउनु भयो । त्यस्तै एरीया ब्रान्च म्यानेजर हिरालाल चौधरीले बिमा मात्र नभई जुनसुकै काम पनि पहिले आफैबाट नै सुरु गर्नुपर्ने बताउनु भयो । बिमा आर्थिक बचत, भबिस्यको लगानी र मुख्य चिज आर्थिक तथा मानबिय सुरक्षा भएकाले सबैले ढुक्क भएर बिमा गर्न आग्र गर्नु भयो । कार्यक्रममा लम्की शाखामा आर्थिक वर्ष २०७५÷७६ मा सबै भन्दा बढि बिमा संकलन गरी टिममा काम गर्ने अभिकर्ता हरुलाई दोसल्ला, प्रमाण पत्र सहित सम्मान गरिएको छ । सुर्या लाइफ इन्सुरेन्स लम्की शाखाको आर्थिक बर्ष २०७५÷७६ मा सबै भन्दा बढि टिममा काम गरी बिमा संकलन गर्ने अभिकर्ता मध्येमा प्रथम हुनेमा गणेश प्रसाद जैशी , द्धितियमा रोशन बि.क र तृतियमा दुर्गा प्रसाद खनाल जैशी रहेका छन । त्यस्तै लम्की शाखा बाट व्यक्तिगत तर्फ बिमा संकलन गर्ने मध्ये प्रथम डबल सिंह बिश्वकर्मा , द्धितियमा बिस्ना कुमारी बिसी र तृतियमा नयाँ सुनारलाई प्रमुख अथिति किरण गौतम र एरीया ब्रान्च म्यानेजर हिरालाल तौधरीले टिका लगाई दोसल्ला र प्रमाण पत्र प्रदान गर्नु भएको थियो। र्काक्रममा बर्दिया, लम्की, बौनिया र मोहन्याल गाउपालीका गरी करीब एक सय जना अभिकर्ताको सहभागिता रहेको थियो भने कार्यक्रको सञ्चालन सुर्या लाईफ इन्स्योरेन्स लम्की साखाका कर्मचारी सुरेस जैशीले गर्नु भएको थियो।