लम्कीचुहा
आगलागि प्रति नगरपालिका द्धारा भत्र्सना
कैलाली पोष्ट | २०७६ भाद्र २९ गते १४:५३ मा प्रकाशित
कैलालीको लम्कीचुहा नगरपालिकामा गए राती भएको आगजानी प्रति लम्कीचुहा नगरपालिकाले भत्र्सना गरेको छ ।
लम्कीचुहा नगरपालिका, नगर कार्यपालिका द्धारा जारी गरिएको प्रेस विज्ञप्ती मार्फत कडा शब्दमा भत्र्सना गरेको छ ।
प्रेस विज्ञप्तीमा, नेपाली जनताले लामो त्याग, तपस्या,संघष र बलिदानीबाट प्राप्त भएको संघिय लोकतान्त्रिक गणतन्त्र र जनताको सार्वभौम आधिकार माथि बारम्बार यस्ीता खाले अपराधिक क्रियिाकलाप तथा घटनाहरु बढ्दै जानुले लोकतन्त्रको उपहास भएको छ । स्थानिय सरकारको कार्यालय र राष्ट्रिय झण्डा जलाई सिंगो नगरबासी जनताको पहिचान माथि नै अघात पुग्ने गरी गरीएको उत्श्रृखल गतिविधीलाई निरुत्साहित पार्न सुरक्षा निकाय लाई जोडदार माग गर्दछु भनिएको छ ।
लम्कीचुहा नगरपालिकाका नगर प्रमुखको कार्यकक्षमा गए राती नगर तोडफोड गरी आगजनी गरीएको थियो ।