लम्कीचुहा
लम्कीचुहा नगरपालिकाले जेष्ठ नागरिक दिवसको अवसर नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने
कैलाली पोष्ट | २०७६ असोज १२ गते १७:२९ मा प्रकाशित
कैलालीको लम्कीचुहा नगरपालिका यहि असोज १४ गते मंगलबारका दिन जेष्ठ नागरिक दिवसको अवसरमा नि:शुल्क स्वास्थ्य शिविर तथा जेष्ठ नागरिक लाई सम्मान गर्ने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण बहादुर खड्काका अनुसार उक्त लम्कीचुहा नगरपालिका क्षेत्रमा रहेका जेष्ठ नागरिकहरुको सम्मानमा नि:शुल्क रुपमा स्वास्थ्य परिक्षण गरिनुका साथै जेष्ठ नागरिक लाई सम्मान पनि गरिने बताए । अधिकृत खड्काले यस अवसरमा सम्पुर्ण लम्कीचुहा नगरवासी जेष्ठ नागरिकहरु लाई १४ गते मंगलबार राष्ट्रिय नमुना माध्यामिक विधालयमा उपस्थित हुन अनुरोध समेत गरे।