स्रष्टा आँगनमा वरिष्ठ साहित्यकार बूँद राना प्रमुख अतिथि
कैलाली पोष्ट | २०७६ कार्तिक ६ गते १७:२६ मा प्रकाशित
अक्षर साहित्य प्रतिष्ठानको कार्तिक ८ गते हुने बाह्रौ स्रष्टा आँगन तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार बूँद राना रहेकाछन् । नेपाली साहित्यको विकासमा उल्खनीय भूमिका खेल्दै आउनु भएका साहित्यकार राना अक्षर साहित्य प्रतिष्ठानको निमन्त्रणामा प्रमुख अतिथिको जिम्मेवारी बहन गर्न भैरहवा रुपेन्देही बाट भोली कार्तिक ७ गते कैलाली आउने अक्षर साहित्य प्रतिष्ठानका सल्लाहकार संयोजक रोशन बोहोराले बताए ।
देवकोटा कला साहित्य परिवारका अध्यक्ष बलबहादुर रावलको आँगन टीकापुर २ सितापुरमा हुने स्रष्टा आँगन तथा सम्मान कार्यक्रममा स्रष्टाको ९२ बर्षिय आमा साबित्री देवी रावल र पत्रकार गणेश चौधरी लाई सम्मान गरिने अक्षर साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष धनराज अविरलले बताए । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको महासचिब मदन प्यासीले जानकारी दिए ।
प्रमुख अतिथिको लागि सुदूरपश्चिमको सुन्दर नगरी टीकापुर आउन थालेका वरिष्ठ साहित्यकार बूँद रानाले अक्षर साहित्य प्रतिष्ठानले संचालन गरेको स्रष्टा आँगन तथा सम्मान कार्यक्रम पृथक रहेको बताए । महत्वपूर्ण कार्यक्रममा प्रमुख अतिथि भई सुदूरपश्चिममा आउन पाउनु सुनौलो अवसर भएको उनी बताउँछन् । संस्था स्थापनाको छोटो समयमा अक्षर साहित्य प्रतिष्ठानले राम्रो पहिचान बनाउन सकेकोमा खुसी लागेको उनले बताए । पछिल्लो समयमा साहित्यिक गतिबिधीले साहित्यको विकासमा महत्वपूर्ण भूमिका खलेको साहित्यकार राना बताउँछन् ।
कार्तिक ७ गते लम्कीमा बास बस्ने गरी आई पुग्ने साहित्यकार बूँद राना र उहाँको जीवनसंगीनि सोनू गुरुङ लाई अक्षर साहित्य प्रतिष्ठानले लम्कीमा स्वागत गर्ने अक्षर साहित्य प्रतिष्ठानका सल्लाकार बिपी खनालले बताए ।
अक्षर साहित्य प्रतिष्ठानको स्थापना सँगै विगत एकबर्ष देखि चर्चित लोकप्रिय कार्यक्रम स्रष्टा आँगन तथा सम्मान कार्यक्रमले नेपाली साहित्यमा राम्रो पहिचान बनाउन सफल भएको छ अक्षर साहित्य प्रतिष्ठान । समाजमा साहित्य जागरण ल्याउदै आएको अक्षर साहित्य प्रतिष्ठानले कैलाली जिल्लामा मात्र नभई बाहिरी जिल्ला चितवन र राजापुर बर्दियामा समेत लोकप्रिय कार्यक्रम स्रष्टा आँगन तथा सम्मान कार्यक्रम गर्न सफल भएको अक्षर साहित्य प्रतिष्ठानका सल्लाहकारअमर वलीले बताए । सुदूरपश्चिमको साहित्य सुस्ताउदै गएको बेला अक्षर साहित्य प्रतिष्ठानले नियमित सक्रिय साहित्य गतिबिधी गरेर सबैकोे ध्यानाआकर्षण गर्दै मन जित्न सक्षम भएकोे छ ।
अक्षर साहित्य प्रतिष्ठानका संरक्षक परमेश्वर कार्कीले संस्थाले छोटो समयमा धेरै ठूलो प्रगति गरेको भन्दै गाँउ घरमा साहित्यको जागरण ल्याउदै स्रष्टाहरु उत्पादन गर्ने काममा सफलता हाँसिल गरेको बताए । अब अक्षर साहित्य प्रतिष्ठानको यात्रा कहिल्यै नरोकिने र थप मजबुत बन्दै जाने उनी बताउँछन् ।
लम्की क्षेत्रको पहिलो बैधानिक साहित्यिक संस्था अक्षर साहित्य प्रतिष्ठान २०७५ कार्तिक १४ गते कैलाली जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको हो । अक्षर साहित्य प्रतिष्ठानले मंशिर १ गते बाट सुरु गरेको स्रष्टा आँगन तथा सम्मान कार्यक्रम बाह्रौ शृङ्खला सम्म पुगेर आफ्नो आँगन टीकापुरमा कार्यक्रम गर्न पाउँदा खुसी लागेको भन्दै स्रष्टा बल बहादुर रावलले अक्षर साहित्य प्रतिष्ठानको प्रशंसा गरे ।