१४ हजारको खसी लगेर जंगलमा भोज गर्दै उपभोक्ता समिती गठन
धनराज बि.क अबिरल | २०७६ मंसिर १ गते १९:३७ मा प्रकाशित
जनताको करको दुरुपयोग गर्दै झुक्याएर पिकनिक स्थल निमार्ण उपभोक्ता समिति गठन गरिएको भन्दै लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का जनता आक्रोशित बनेकाछन् । चरैला जंगलमा रहेको मिलन खोला (ढाँडेखोला)मा पिकनिक स्पोट स्थल छनौट गरिने भनी सीमित व्यक्तिलाई कार्तिक २६ गते पत्रचार गरी जनताको करको पैसाले खसी लगरे रमाईलो गर्दै कार्तिक ३० गते जनतालाई झुक्याएर पिकनिक स्थल निमार्ण उपभोक्ता समिति गठन गरिएको भन्दै जनता आक्रोशित बनेकाहुन् । वडा कार्यालयले पिकनिक स्थल निमाण लागि भन्दै यसस आर्थिक बर्षमा १० लाख रुपैया बिनियोजित गरेको थियो ।
पिकनिक निमार्ण स्थल मिलन खोलामा पुगेका स्थानीय खेमराज न्यौपानेले वडा नम्बर ६ का वडा अध्यक्ष नेत्र मगरले माईन्युटमा आफूलाई उपस्थिती गर्न भनेको तर, रजिष्टरमा आफूले उपस्थिति नगरेको बताए । म पुग्दा मासुभात खाइरहेका थिए मलाई पनि खान भने मैले खाएन । जनताको करको पैसा दुरुपयोग गरेर भोजभतेर लगाउनु पनि भष्ट्रचार हुने उनको बुझाई रहेको छ । सोही दिन स्थानीय गाउँ चैनपुरका महिलाहरु पनि पिकनिकमा गएकोले महिलाहरुको पिकनिकमा गएर आफुले खाना खाएको भन्दै समाजका अगुवा व्यक्तिहरुको जनचाहना बिपरितको जिम्मेवार व्यक्तिको पनि उपस्थिति देख्दा आफूलाई लाज लागेर आएको न्यौपानेले बताए । सायद मैले उपस्थिती नगरेर फरक विचार राखेकै कारण होला साँझ घरपुगे पछि धरैको फोन आएको थियो तर आफूले फोन रिसिभ नगरेको न्यौपाने बताउँछन् ।
नयाँ शासन व्यवस्थामा पनि समाजका केही अगुवा व्यक्तिहरुको मात्र हालीमुहाली रहेको भन्दै सर्वसाधारण जनता लाई सहभागिता नगराई काम गर्ने गरेको घटना प्रति आफूलाई दुःख लागेको स्थानीय भेष बहादुर बिष्टले बताए । २० जनलाई मात्र पत्रचार गरिएको सूचना थाहा पायौं के बिस जना मात्र जनताहरु हुन ? उनले प्रश्न तेर्साए । प्रक्रिया पूरा नगरी जनतालाई झुक्याएर जङ्गलमा निमार्ण उपभोक्ता समिति गठन गरिएको जनतालाई मान्य नहुने उनले बताए ।
वडा अध्यक्षको हस्ताक्षर रहेको २०७६ कार्तिक २६ गतेको चलानी नम्बर ९२८ को पत्रमा “आर्थिक बर्ष २०७६÷०७७ स्वीकृत मिलन खोलामा पिकनिक स्पोट निमार्णको लागि स्थान छनौट गर्नुपर्ने भएको हँुदा यहाँको गरिमामय उपस्थितिको लागि सादर अनरोध छ” भनि उल्लेख गरीएको छ भने नोट लेख्दै “मिलन खोला जानुपर्ने भएको हुँदा बिहानको ठिक ७ बजे हिडिसक्नुपर्ने छ,समयमै सम्पर्क गर्नुहोला ” भनेर सिमित व्यक्तिलाई मात्र पत्रचार गरिएको थियो तर, राष्ट्रिय जनगणना २०६८ अनुसार सो वडामा ९ हजार भन्दा बढीको जनसंख्या रहेको छ । यदि ठुलो मात्रामा जनसंख्या भएपनि सिमित व्यक्तिलाई मात्र खबर गरेर मानव वस्ती भन्दा टाढा जंगलमा उपभोक्ता समिति गठन गर्नुले थप शंका पैदा गरेको स्थानीयको भनाई रहेको छ । भएपनि जनतालाई झुक्याएर पिकनिक स्थल निमार्ण उपभोक्ता समिति गठन गरिएको छ ।
यसै सन्दर्भमा वडा सचिव संग जानकारी लिदा वडा सचिव लिलबहादुर खत्रीले उपभोक्ता समिति गठनमा आफ्नो उपस्थिति नरहेको बताए । आफूलाई जानकारी नदिई पिकनिक स्पोट छनौटको लागि पत्रचार गरिएको भएपनि प्रकृया नै पूरा नगरी पिकनिक स्थल निमार्ण उपभोक्ता समिति गठन भएको खबर सुन्दा अचम्म लागेको खत्रीले बताए ।
लम्कीचुहा ६ वावनपुरका नरबहादुर बुढाको अध्यक्षतामा ११ सदस्यीय निमार्ण उपभोक्ता समिति गठन भएको छ । कोषाध्यक्षमा भावना डाँगी र सचिबमा हिमन्त बुढा, सदस्यमा शंकर बिक,चन्द्रा देउबा, कमानसिंह देउबा,मुरारी चौधरी, धना चलाउने,प्रदिप थापा, चक्रदेव जैशी र भजन नेपाली रहको धर्मदत्त न्यापानेले बताए । पिकनिक स्थल निमार्णको १० लाख बाट नभई वडा कार्यालयको बिबिध बजेट बाट खसी किनी खानपिनको व्यवस्था गरिएको वडा सदस्य प्रवल रोकायाले जानकारी दिए ।
त्यस्तै अर्का स्थानीय टंक जोशीले जंगलमा पिकनिक स्थल बनाउने काम जनताको लागि कत्तिको आवश्यकता हो भनेर प्रश्न गरे । यसको दिगोपना कति हो के फाईदा हुन्छ भन्ने विचार राख्दै शिक्षा, स्वास्थ्य जस्तो क्षेत्रमा बजेट बिनियोजन गरेको भए प्रभावकारी हुने उनले बताए।
लम्कीचुहा ६ तिल्काका जुगराम चौधरीले पिकनिक स्थल निमार्ण उपभोक्ता समिति गठनमा वडा सचिबको उपस्थिति थिएन । जनताको प्रतिनिधित्व गरेको जनप्रतिनिधीले उपभोक्ता समिति गठनको प्रकृया अगाडी बडाएको चौधरीले बताए ।
लम्कीचुहा ६ का हेमन्त बहादुर क्षेत्रीले आफूलाई वडा कार्यालयले पत्रचार नगरे पनि पार्टीका(नेकपा) साथीहरुले जानुपर्छ भनेपछि ३० गते ७ बजे श्री शम्भु सुनन्दा आधारभूत विद्यालय चैनपुर बाट हिडी सक्नुपर्ने सुचनाको आधारमा बिहानै म पनि गएको थिए । मैलै सोचेको थिए खाना खान दश एघार बजे घर आईपुगिन्छ होला । मलाई केही पनि जानकारी थिएन । तर आधा बाटोमा पुगेपछि खसी समेत लगेको र खानाको पनि व्यवस्था भएको जानकारी पाए । वडा अध्यक्षले पत्रचार नगरिएको मान्छे पनि आएको आफूलाई सुनाएपछि बेकार लागेको भन्दै किन आए हुँ भनेर दुख लागेको बताए । नेकपा पार्टीको निर्देशन भएकोले बीचबाटै फर्केर आउन असजिलो भयो । नेपाली काँगे्रस बाट निमार्ण उपभोक्ता समितिको अध्यक्ष र मलाई नेकपा बाट सचिबमा राखेपनि व्यक्तिगत रुपमा जनचाहना बिपरित काम भएको आफ्नो बुझाई रहेको उनले बताए । स्थान छनौट गरि सकेपछि उपभोक्ता समितिको गठन जनताको सहभागिता हुने गरी गाउँमै गरेको भए सबैलाई मान्य हुने बुढा बताउँछन् ।
लम्कीचुहा ६ का भरत बिकले आफ्नै घरबाट खसी किनेर लगेको बताए । मलाई पनि पत्र आएको थिएन साथीहरुले जाउ भनेपछि म पनि गएको थिए । म पुग्दा कोही खसी काट्दै थिए कोही पिकनिक स्थलको ठाउँ हेर्दै थिए । २० हजार खर्च भएको हिसाब सुनाइएका थिए । सूचना एउटा दिएर काम अर्कै गर्ने पक्रिया सरासर गलत भएको बिक बताउँछन् ।
तर, यता लम्कीचुहा नगरपालिकाका वडा नंम्बर ६ का वडा अध्यक्ष नेत्र मगरले प्रतिनिधी मुलक रुपमा बोलाएका हौं । समिति गठन गर्नलाई त हामी पाँच जना गएर पनि गर्न सकिन्थ्यो तर,सबै लाई समेटेर समिति गठन भएको उनले बताए ।