रेर्कड तोड्दै बन्यो बिजेता क्याम्ब्रिज
कैलाली पोष्ट | २०७६ मंसिर ७ गते २०:०३ मा प्रकाशित
पदम ओझा,लम्की मंसिर ७
क्याम्ब्रिज बोर्डिङ्ग स्कुलले रेर्कड तोड्दै जेटी क्रिकेट कप २०७६ को बिजेता बनेको छ ।
२०७२ देखि जगत तारा ईंगिलस बोर्डिङ्ग स्कुल,बौनियाले आयोजना गर्दै आएको जे.टी क्रिकेट कपको बिगत ३ बर्षको रेर्कड तोड्दै क्याम्ब्रिज बलियाले यसपालिको अपाधी भने आफ्नो पोल्टामा पार्न सफल भएको हो । २०७२ सालको पहिलो उपाधी आयोजक स्वंम जगत ताराले जिते पनि त्यपछिका संस्करण आरएमई टीकापुरले जित्दै आएको थियो तर यस बर्ष अपाधी भने क्याम्ब्रिजका विद्यार्थीको अथक मेहनतले खेलको नतिजा आफ्ना तर्फ बनाउन सपल भए ।
शनिबार बर्दगोरीया मुढाको खेल मैदानमा भएको फाइनल खेलमा बाल बाटिका बिद्या मन्दिर बौनियालाई ३५ रनले पराजित गर्दै क्याम्ब्रिज उपाधी उचाल्न सफल भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको क्याम्ब्रिज स्कुल बलियाले २० ओभर खेल्दै ८ बिकेट गुमाउदै १ सय ४१ रन बनाउन सफल भएको थियो । क्याम्ब्रिज का लगि आक्रमक ब्याटिङ गर्दै मिलन खड्काले ३१ बलमा ३ छक्का र १ चौकाको मदतमा ३४ रन र कप्तान बिष्णु शाहिले १६ बलमा २ छ्क्का र २ चौकाको मद्धमा नट आउट २८ रनको योगदान गरेका थिए ।
त्यसैगरी बाल बाटिकाका तर्फ बाट बसन्त ठाकुरले ३ ओभरमा १९ रन खर्चिदै ४ बिकेट लिन सफल भएका थिए । १सय ४२ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको बाल बाटिका निर्धा्रित २० ओभर मध्य १७.२ओभर खेल्दै अल आउट हुदै १०६ रन मात्र बनाउन सक्यो ३५ रनको हार ब्योहोर्न बाध्य भएको हो । क्याम्ब्रिज बलियालाई जित दिलाउने क्रममा पारस ढकालले ३ ओभरमा १८ रन खर्चिदै ह्याट्रिक सहित ३ बिकेट लिन सफल भएका थिए ।
प्रतियोगिताकै उत्कृष्ट खेलाडी बाल बाटिका बिद्या मन्दिरका हेमन्त बुढा बन्न सफल भए । यसै गरि ब्यक्तिगत बिधा तर्फ उत्कृष्ट ब्याट्सम्यान क्याम्ब्रिज स्कुल बलियाका पारस ढकाल बन्न सफल भए उनले नगद ३ हजार सहित ट्रफी हात पार्न सफल भए भने उत्कृष्ट बलर कालिका माबि नौनियाका दिपक साउद बन्न सफल भए उनले नगद ३ हजार हात पार्न सफल भए ।
यसै गरि प्रतियोगिता अन्तरगत प्रतियोगिताकै उदयिमान खेलडी माईकी स्कुलका शुभास बि क बन्न सफल भए । उनले नगद २ हजार ५ सय हात पार्न सफल भए ।
यससंगै पाचौं संस्करण को जेटि क्रिकेट कप सम्पन्न भएको छ । जगत तारा ईंगिलस बोर्डिंग स्कुल बौनियाका संस्थापक तथा खेल संयोजक एकेन्द्र मल्लको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी घोडा घोडी नगर पालिका उप प्रमुख प्रेम कुमारी थापा रहेका थिए ।
कार्यक्रममा बोल्दै उप प्रमुख थापाले खेल खेल्नु स्वास्थ्यका लागी पनि राम्रो भएको बताउदै जित हार का लागी मात्र नभएर पहिचान दिन खेल खेल्नु पर्ने बताए । कार्यक्रममा बिधालयका प्रधानाध्यापक मनोज कुमार पन्तले स्वागत गरेको कार्यक्रममा बर्दगोरिया गाउपालिका वडा न २ का अध्यक्ष भेखु चौधरी ,लायन्स क्लब अफ बौनियाका अध्यक्ष द्ववरिका धमालाले मन्तव्य राखेका थिए ।
कार्यक्रमको समापन गर्दै विद्यालयका संस्थापक मल्लले आगामी बर्षको प्रतियोगिताको धनराशिमा वृद्धि गरेर प्रथम पुरस्कार १ लाख १ ह्जार १ सय ११ र द्धितिय पुरस्कार ५१ हजार हुने र टेनिस बल बाट साथै प्रथम पटक हाईबे क्षेत्रमा अन्डर १९ का ४ खेलाडी खेलाउन पाउने ब्यबस्था पनि गरिएको बताए ।
कार्यक्रममा जे टि क्रिकेट स्थापनाकाल देखी निरन्तर सहयोग गर्ने अम्पायर र अफिसियल बिधालय प्रधानाध्यापक मनोज कुमार पन्त, पदम राज ओझा, राजेन्द्र रावल,रबिन रिजाल,जिबन सुनारलाई चादिको जेटि रत्न प्रदान गरीएको थियो ।