लम्कीचुहा
जनताको जीवन स्तर सुधार्ने गरी काम गर्नुपर्छ ः सांसद थापा
धनराज बि.क अबिरल | २०७६ मंसिर ७ गते १६:२८ मा प्रकाशित
कैलाली क्षेत्र नम्बर २ (क) प्रदेश सांसद एवम् नेकपा कैलालीका जिल्ला अध्यक्ष रतन थापाले जनताको जीवन स्तर सुधार्ने गरी काम गर्नुपर्ने बताए । लम्कीचुहा नगरपालिका वडा नम्बर ६ को पार्टी कार्यालय उद्घाटन तथा सपथ ग्रहण कार्यक्रमका प्रमुख अतिथि थापाले जनताको जीवन स्तर सुधार्ने गरी काम गर्नुपर्ने बताएका हुन् । गरिब जनताको आवश्यक्ता लाई सम्बोधन गर्दै जनताको मन जित्नेगरी नेकपा पार्टी कार्यकर्ताले काम गर्नुपर्ने थापाले जोड दिए । देश र समाजको विकास चाहानेहरुले अध्यन गर्नुपर्ने भन्दै पार्टी कार्यकर्ताले जनताकै भविष्य निमार्णमा बढी चिन्तन गर्नुपर्ने थापाले बताए । जनप्रतिनिधीले पार्टी अपेक्षा अनुसार काम गर्न नसकेको सांसद थापाले स्वीकार गरे ।
वडा नम्बर ६ मा गठन गरिएको टोल कमिटी लाई सपथ ग्रहण गराउँदै नेपाली कांगे्रस पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका मनिसा चौधरी र डम्बरा देवी चौधरी लाई पार्टी प्रवेश गराउँदै उनीहरुलाई जिम्मेवारी प्रदान गर्ने थापाले बताए ।
नेकपा कैलालीका जिल्ला सचिव लाल बहादुर सोडारीले अन्याय र अत्याचारका विरुद्ध आवाज उठाउँदै किसान, मज्दूरको पक्षमा बोल्नुपर्ने बताए । कसैले कसैमाथि विभेद र थिचोमिचो गनुर्् हुदैन भन्दै समाजलाई विभाजन गर्ने भूमिका कसैले पनि खेल्न नहुने उनले बताए ।
नेकपा लम्कीचुहा नगर कमिटी अध्यक्ष महेन्द्र ढुगांनाले जनताको बीचमा नैतिकवान र चरित्रवान भएर प्रस्तुत हुन्ुपर्ने बताए । हामीले जनताको भावनाको सम्मान हुनेगरी काम गर्नुपर्छ भन्दै वडा नम्बर ६ मा केही दिन अगाडी प्रक्रिया मिचेर जंगलमा उपभोक्ता समिति गठन गर्ने कार्य गलत भएको बताए । पक्रिया पूरा गरी नियमको पालना गर्दै उपभोक्ता समिति गठन गर्नु पर्नेमा ढुगांनाले जोड दिए । पार्टी कार्यकर्ताले न्याय,पक्रिया र नीतिमा अडिक रहेर जनताको पक्षमा उभिनुपर्छ र ईमान दारिताका साथ जनताको हित हुनेगरी काम गर्नुपर्ने उनले बताए ।
नेकपाका नेता खन्टे खत्री,केशब बोहराले शुभकामना मन्तव्य राखेका थिए । नेकपाका ६ नम्बर वडाका अध्यक्ष ढक बहादुर बिकको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडा सचिव महेन्द्र खत्रीले गरेका थिए भने स्वागत मन्तव्य राम रोकायाले राखेका थिए ।