बिच भरुवा ग्रामिण बिद्युत बाट सिक्न जरुरी :सासंद रावल
प्रिन्स बि.क | २०७५ फाल्गुन २६ गते १९:०६ मा प्रकाशित
बिच भरुवा ग्रामिण बिद्युत बाट सिक्न जरुरी :सासंद रावल
कैलाली क्षेत्र नं २ का संघिय सासंद झपट बहादु रावलले बिद्युत सहकारी संस्थाहरुले नाफामा गएको बिचभुरुवा ग्रामिण बिद्युत सहकारी बाट बाट पाठ सिक्नुपर्ने बताएका छन् ।
कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ मा रहेको बिच भरुवा ग्रामिण बिद्युत सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभामा बोल्दै सो कुरा बताए ।
बिच भुरुवाको १३ औं बार्षिक साधारण सभाका प्रमुख अतिथी समेत रहेका कैलाली क्षेत्र नं २ का संघिय सासंद झपट रावलले भने–“घाटामा रहेको बिद्युत सहकारी संस्था लाई बसन्त जैशि लगायतको कार्य समितिले आज नाफमा पुगाउन सफल भएको छ । लम्कीचुहा नगरपालिका लगायत अन्य क्षेत्रका बिद्युत सहकारीमा यस्तो नाफामा भएको कमै देख्न पाईन्छ । कयौं संस्थाका महिनौ,बर्षौ सम्म एउटा बैठक सम्म बस्न नसकिरहेको अवस्था छ तर, बसन्त जैशिको कार्यसमितिले केही गर्ने ईच्छाले दृढ संकल्प सहित गरीएको टिम वर्कले सफलता पाएको छ । जसको लागि यो कार्यसमिति धन्यबादको पात्र बनेको छ । ”
३६ लाख २६ हजार चार रुपैया बराबरको आय व्यय विवरण सार्वजनिक गरीएको साधारण सभामा लम्कीचुहा नगरपालिका मेयर महादेबव बजगाई , महोन्याल गाउँपालिकाका प्रमुख नबल सिंह रावल बिशिष्ट अतिथी रहेका थिए भने अतिथीमा लम्कीचुहा वडा नं १ का वडा सदस्य चन्द्र बि.क लाल गुरास ग्रामिण बिद्युत सहकारी संस्था लि. लम्कीचुहा ६ का अध्यक्ष महेन्द्र खत्री लगायतका रहेका थिए ।
कार्यक्रमका बिशिष्ट अतिथी तथा लम्कीचुहा नगरपालिकाका मेयर महादेब बजगाईले आफ्नो भनाई राख्दै भने–“ बिच भुरुवाले गरेको काम तारीफ योग्य छ । संस्थाको मुल उद्धेश्य सेयर सदस्यको हित लाई ध्यानमा राखेर काम गरीरहेको छ । लम्कीचुहा का अन्य बिद्युत सहकारी संस्थामा पनि यस्तै किसिमको प्रगति देख्न पाईयोस । यहाँ संघिय सासंद उपस्थिती रहेको अवस्थामा मैले लम्कीचुहाको ठुलो समस्याको रुपमा रहेको सासंद ज्युलाई अवगत गराउनु पर्छ । लम्कीचुहा नगरपालिकाकाको सबैभन्दा ठुलो समस्याको रुपमा रहेको जग्गा ऐलानीको यस समस्या समाधानको लागि हामिले आफ्नो तर्फ बाट गर्न सक्ने र आफुले भन्नुपर्ने ठाँउमा भनिसकेको हुदाँ पनि ठोस परीणाम आउन सकेको छैन त्यसैले सासंद ज्यु लाई यस बिषेश रुपमा ससंदमा आवाज उठाउन अनुरोध गर्दछु । यदि आवश्यक भएको खण्डमा नगरपालिकाले जनप्रदर्शन गर्न समेत पछि हट्ने छैन ”
त्यस्तै महोन्याल गाउँपालिकाका अध्यक्ष नवल सिंह रावलले बिच भुरुवा ग्रमिण को प्रशंसा गर्दै देशमा शासन ब्यबस्था परिर्वतन भए पनि जनताको अवस्था भने परिर्वतन नभएको उल्लेख गरे
कार्यक्रमका सभाअध्यक्ष तथा बिच भुरुवा ग्रामिण बिद्युत सहकारी संस्थाका अध्यक्ष बुद्धीमान जैशि(बसन्त) ले आफ्नो बार्षिक प्रतिबेदन प्रस्तुत गर्देै भने –“ बिद्युत सेवा उपभोगका दृष्टीकोणले करीब एक दशक अगाडी बाट नजिकैको गाउँमा बिजुली बत्ति बालिरहेको भएतापनि यस क्षेत्रले आफुलाई अध्यारोमा बाट मुक्त पार्न सकिरहेको थिएन । डेनमार्कक सरकारको आर्थिक तथा प्राविधीक सहयोगमा २०६३ सालमा कैलाली र कन्चनपु्रमा २ सय १६ संस्था दर्ता भए संगै यस संसथाको विधीवत रुपमा २०६३ साल चैत्र महिना २ गते भयो ।
संस्थामा बषर््िाक चालिस प्रतिशतको अनुपातमा ग्राहक बृद्धी भईरहेको अवस्थमा उपलब्ध ट्रान्र्फमरले ग्राहकको माग धान्न सक्ने अवस्थामा थिएन । आर्थिक बर्ष लम्कीचुहा नगरपालिका पाँच लाख र लम्कीचुहा नगरपालिका वडा नं १ ले २ लाख पचास हजार बिनियोजन गरी अहिले ग्राहकको माग धान्न सक्ने ट्रान्फर्मर खरिद गरीएको छ ।
बिगतको साधारण सभामा उपभोक्ताको माग भई आए अनुसार सेवा क्षेत्र भित्रका बिभिन्न टोलमा थप नयाा लाईन बिस्तार गर्ने निर्णयलाई बर्तमान कार्यसमितिले तिव्रताका साथ अघि बढाएको छ । त्यस्तै आजको बदलिदो प्रविधीको युगमा संस्थाले पनि विकसित नयाँ–नयाँ प्रविधी अबलम्बन गर्न नसक्दा समग्र प्रगति र विकास हुन नसक्जने ठहर गर्दे यस संस्थाको कार्यालयमा कम्प्ुटरको ब्यबस्था गरी सफ्टवेर जडान गरी सम्पुर्ण कार्य प्रिन्टेड बिलिङ सिस्टम बाट हर हिसाब ब्यबस्थत गर्ने कार्य अन्तिम चरणमा रहेको छ । विगत तिन –चार बर्ष देखि अटेर गरी बिद्युत महसुल नतिर्ने ग्राहकहरु बाट लगातार ताकेता गरी नब्बे प्रतिशत उठ्न बाँकी महसुल जरीवाना र ब्याज सहित असुल उपर गरीएको छ , दुईचार जान ग्राहकले अटेर गरी बिद्युत महसुल समयमा भुक्तानी नगर्दा अधिकांश ग्राहक जो समयमै बिद्युत महसुल भुक्तानी गर्नेले समेत घाटा ब्यहोर्नु परिरहेको तितो यर्थात लाई मध्य नजर गर्दै संस्थाको नियमानुसार कडाईका साथ महसुल उपर गर्ने कार्य तिव्रताका साथ अघि बढेको छ,