समाचार
किसान सहकारीको शेयर पूँजी ५० करोड
प्रशासक | २०८२ श्रावण १८ गते १६:१९ मा प्रकाशित
अक्षर साथी
लम्की/साउन, १७
देशकै नमूना सहकारीको रूपमा रहेको रहेको किसान बहुउद्देश्यीय सहकारी सँस्था लम्कीको शेयर पूँजी ५० करोड नाघेको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा ४५ करोड ८१ लाख २१ हजार रुपैयाँ रहेको शेयर पूँजी आर्थिक वर्ष २०८१/०८२ सम्म किसान सहकारीले ५० करोड ४३ लाख ९ हजार ६ सयको शेयर पूँजी संकलन सफल भएको हो ।
त्यस्तै सँस्थाका आर्थिक सूचकहरू सकरात्मक देखिएका छन् । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार जगेडा कोष ३५ करोड ७२ लाख ७९ हजार ४८ रुपैयाँ पुगेको छ भने संस्थाको कुल बचतमा ४ अर्ब ६६ करोड २५ लाख ६ हजार २८३ रुपैयाँ रहेको छ ।
यस्तै, संस्थाको ६ अर्ब ६८ करोड ५४ लाख ४२ हजार ३१७ रुपैयाँ बराबरको सम्पत्ति रहेको विवरणमा उल्लेख छ ।
कुल संस्थागत पूँजी ३८ करोड ९३ लाख ४५ हजार ७६७ रुपैयाँ पुगेको छ । संस्थामा विभिन्न कोषहरूमा जम्मा गरिएको रकम ७५ करोड ५१ हजार ३२३ रुपैयाँ रहेको छ । सहकारीबाट ऋण लिने सदस्य संख्या २९ हजार ८५८ रहेको छ भने कुल तरलता १ अर्ब ३२ करोड ९४ लाख ४२ हजार ३०५ रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।
किसान सहकारीका महा प्रबन्धक डम्बर बहादुर शाहका अनुसार सँस्थाको वित्तिय अवस्था गतको आर्थिक वर्ष तुलनामा धेरै राम्रो सुधारोन्मुख रहेको छ ।
‘ हाम्रो शेयर पूँजी बढको छ, त्यस्तै निक्षेप पनि बढेको छ भने शेयर सदस्य संख्या पनि बढेको छ,’ महा प्रबन्धक डम्बर शाहले भने, ‘पछिल्लो आर्थिक वर्ष भन्दा किसान सहकारीको वित्तीय अवस्था धेरै राम्रो छ , सुधारोन्मुख छ ।
त्यस्तै शाहले सहकारी सदस्यको हितका लागि एक महिने सहकारी कक्षा सञ्चालन गरिरहेको समेत बताए ।