समाचार
कर्णाली पानी लम्कीका घरघरमा, फागुनबाट सुरू
अक्षर साथी | २०८२ श्रावण १९ गते १३:०३ मा प्रकाशित
लम्की/साउन, १८
लम्की साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई सँस्थाले आफ्ना उपभोक्तालाई कर्णाली पानी उपलब्ध गराउने तयारी सुरु गरेको छ ।
पूर्णरुपमा सञ्चालनका तीन चरणमा छुट्याइएको योजना मध्य पहिलो चरणको काम सम्पन्न हुने अवस्था छ भने दोस्रो चरणको आयोजनाको शिलान्यस भएको छ । लम्की खानेपानीले आफ्ना उपभोक्तालाई दोस्रो चरणको योजनाबाट नै कर्णाली पानी उपलब्ध गराउन गरि तयारी गरेको हो ।
लम्की खानेपानी सँस्थाका अध्यक्ष तेज बहादुर चलाउनेका अनुसार असारमा भएको सम्झौता बमोजिम ठेकेदार कम्पनीले कर्णालीको पानी उपभोक्तालाई चैत मसान्तसम्म भित्रमै उपलब्ध गराउने गरि काम गरिरहेको छ ।
‘२०८२ असार २३ मा सम्झौता भएको दोस्रो चरणको योजनामा साढे चार लाख लिटर क्षमता भएका दुईवटा ओभर हेड ट्यांकी, पानी प्रशोधन केन्द्र, आठ किलोमिटर मुख्य पाइपलाइन र ३६ किलोमिटर सहायक पाइपलाइन विस्तारको काम हुने छ,’ अध्यक्ष तेज बहादुर चलाउनेले भने, ‘यो काम २०८५ साल असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर हामी उपभोक्तलाई असारमै कर्णाली पानी उपलब्ध गराउँछौँ । यसका लागि ठेकेदारले तिव्रताका साथ काम गरिरहेको छ ।’
त्यस्तै अध्यक्ष चलाउनले लम्कीचुहा नगरपालिका वडा नं. १ र वडा नं. २ मा सरसफाई सम्बन्धिको काम गर्न नेपाल सरकार, स्थानीय सरकार सँग समन्वय गरेर वर्षाते ढलको काम हुने बताए ।