समाचार
कांग्रेसकै नीतिका कारण मुलुक समृद्धिको दिशामा : मुख्यमन्त्री शाह
प्रशासक | २०८२ श्रावण २२ गते ०९:२८ मा प्रकाशित
अक्षर साथी
लम्की/साउन, २१
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले कांग्रेसकै नीति विचारकाका कारणले मुलुक समृद्धिको दिशामा अगाडि बढेको बताएका छन् । मंगलबार कैलालीको लम्कीमा निर्वाचन क्षेत्र स्तरिय कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य बोल्दै मुख्यमन्त्री शाहले सो कुरा बताएका हुन् ।
त्यस्तै मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशको शासन र सुशासको सहि मापदण्ड निर्धारण गर्ने सम्बन्धमा आफूले थुप्रै आधार तयार गर्दै आधारलाई मजबुत गर्नतर्फ उन्मुख भएको बताए ।
कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष लव बहादुर शाहीले आफ्नो मुख्यमन्त्री हुँदा मुख्यमन्त्री कार्यालय पानी पधँेरो जस्तो भएको बताए । साथै, वडा अध्यक्ष शाहीले मुख्यमन्त्री शाहको कारणले आफ्नो वडा नं. ३ सहित समग्र क्षेत्रमा प्रशस्त मात्रामा बजेट आएको जानकारी दिए ।
नेपाली कांग्रेस लम्कीचुहा नगर सभापति ईन्द्र कुँवरले प्रदेश सरकारबाट शिर नझुक्ने गरि बजेट आएको र यसको प्रचार प्रसारमा बढि जोड दिनु पर्ने बताए ।
भेटघाट कार्यक्रमका सभाअध्यक्ष तथा प्रदेश क्षेत्रिय सभापति भीम प्रसाद ढुङ्गना(जैसी) ले ०४८ साल यता निरन्तर ओरालोमा लागेको कांग्रेस ०७९ सालमा आएर यस क्षेत्रले मुख्यमन्त्री पाएको बताए ।