समाचार
संस्थालाई पद्धति अनुसार चलाएर, घरघरमा धारा पु¥याउने छु : सरिता रावल थापा
प्रशासक | २०८२ श्रावण २३ गते ०८:४१ मा प्रकाशित
अक्षर साथी
लम्की/साउन, २२
टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको चुनावी वार्षिक साधारण सभा यही साउन २४ गते हुँदैछ । सो सन्दर्भमा अध्यक्ष पदका उम्मेदवार सरिता रावल थापाले आफ्नो एजेण्डा सार्वजनिक गर्दै संस्थालाई मजबुत बनाउने प्रतिबद्धता जनाएकी छन् ।
११ वर्षदेखि सामाजिक क्षेत्रमा सक्रिय रहँदै दुई कार्यकालसम्म संस्थाकै सदस्यको जिम्मेवारी सम्हालेकी थापा अहिले संस्थाको नेतृत्व सम्हाल्न तयार छन् । उनले खानेपानी समस्या बुझ्न स्थानीयहरूसँग घरघरमा पुगेर काम गरेको बताउँदै तीनै तहका सरकारसँग समन्वय गरेर टीकापुरका सबै घरमा पानी धारा जडान गरिने प्रतिवद्धता व्यक्त गरिन् ।
उनी भन्छन् ‘घर चलाउन सक्ने महिला नेतृत्वले संस्था पनि चलाउन सक्छ । संस्थामा महिलाको नेतृत्व आवश्यक रहेको उनको धारणा छ ।
“मलाई जिताएपछि गुनासो गर्ने ठाउँ रहँदैन,“ भन्दै संस्थालाई पारदर्शी र पद्धतिगत ढंगले सञ्चालन गर्ने बताएकी छन् । उपभोक्तालाई शुद्ध, स्वच्छ र निरन्तर सेवा दिनसक्ने संस्थाका रूपमा खानेपानी संस्थालाई अघि बढाउने योजना उनको रहेको छ ।