समाचार
कैलालीमा अवैध ४५ हजार रुपैयाँ मूल्य बराबरको ब्याट्री बरामद
प्रशासक | २०८२ असोज ११ गते १०:०७ मा प्रकाशित
कैलाली/असोज ११
कैलालीमा अवैध ४५ हजार रुपैयाँ मूल्य बराबरको ब्याट्री बरामद गरिएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट शुक्रबार प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका ब्याट्री बरामद गरेको हो ।
प्रहरी चौकी त्रिनगरबाट खटिएको गस्ती टोलीले करिब ४५ हजार रुपैयाँ मूल्य बराबरको इन्भर्टर ब्याट्री सोमबार बेवारिसे अवस्थामा फेला पारेको हो ।