संघिय सांसद झपट रावलको ४ करोड
एजेन्सी | २०७६ श्रावण १ गते १८:३१ मा प्रकाशित
लोकु सिंह ठकुरी, असार २६ सुखड
कैलाली निर्वाचन क्षेत्र नम्बर २ का संघिय सांसद झपट बहादुर रावलको निर्वाचन क्षेत्र पुर्वाधार बिकास कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७५र०७६ मा खर्च गर्ने गरी संघिय सरकारले बिनियोजन गरेको ४ करोड रुपैयाँको बिभिन्न आयोजनाहरु निर्माण सम्पन्न भईसकेका छन भने केहीको टेन्डर गरीएको छ ।
प्राप्त ४ करोड मध्ये सबै भन्दा बढी लम्कि चुहा नगरपालिकामा १ करोड २० लाख, बर्दगोरीया गाँउपालिकामा ९५ लाख, जानकी गाँउपालिकामा ३० लाख र निर्वाचन क्षेत्रको मध्य क्षेत्रमा बन्ने सामुदायिक अस्पतालका लागि १ करोड १० लाख बिनियोजन गरीएको छ भने महोन्याल गाँउपालिकामा ४३ लाख ६० हजार र जिल्ला समन्वय समितीको प्रशासनिक तर्फ १ लाख ४० हजार खर्च गरीएको पाईएको छ ।
लम्कि चुहाको १ करोड २० लाख मध्ये पनि वडा नम्बर २ को जेष्ठनागरीक मिलन केन्द्रका लागि २० लाख, वडा नम्बर १ को कृषि हाट बजारको पुर्वाधार निर्माणमा १५ लाख, वडा नम्बर ४ को वाल उद्यानका लागि १५ लाख, वडा नम्बर ९ प्रतापपुरमा रहेको खानेपानीको पाईप लाईन बिस्तारका लागि १५ लाख तथा चिसापानीको खानेपानी पाई पलाईन बिस्तारका लागि १५ लाख रुपैयाँ बिनियोजन गरीएको छ । यस्तै वडा नम्बर १ मा रहेको वालकल्यान माध्यामिक विद्यालयको भवन निर्माणमा १० लाख, वडा नम्बर ९ को नव जागरण आधारभुत विद्यालयको लागि १० लाख, वडा नम्बर ५ मा रहेको राष्ट्रिय माध्यामिक विद्यालयको घेरापर्खालको लागि १० लाख र चुहामा रहेको जनजागृति माध्यामिक विद्यालयको लागि १० लाख रुपैयाँ बिनियोजन गरीएको छ ।
यस्तै यता बर्दगोरीया गाँउपालिकामा बिनियोजन गरीएको ९५ लाख मध्ये बर्दगोरीया धाममा पोखरी निर्माणको लागि ५० लाख, वडा नम्बर ४ मा काडाँनदी तटबन्धनको लागि ३० लाख र बौनियाँमा कृषि हाट बजार निर्माणमा १५ लाख रुपैया खर्च गरिएको छ । उता जानकी गाँउपालिकामा गएको ३० लाख मध्ये वडा नम्बर ९ मा स्वास्थ्य चौकी भवन निर्माणका लागि १० लाख, वडा नम्बर ९ मै रहेको बिन्ध्यावासीनी आधारभुत विद्यालयको घेरबार निर्माणका लागि १० लाख र सोही वडाको राष्ट्रिय माध्यामिक विद्यालय पाताभारको घेरवारका लागि १० लाख रुपैयाँ खर्च गरीएको छ । महोन्याल गाँउपालिकामा बिनियोजन गरिएको ४३ लाख ६० हजार मध्ये वडा नम्बर ३ फल्लेबिसौनामा खानेपानी ट्यांकी तथा पाईप लाईन बिस्तारमा १३ लाख ६० हजार, वडा नम्बर ७ मा रहेको त्रिबेणी माध्यामिक विद्यालयको भवन निर्माणमा १० लाख, वडा नम्बर ६ सोल्टामा रहेको राष्ट्रिय माध्यामिक विद्यालयको छात्राबास निर्माणमा १० लाख, वडा नम्बर ४ को महोन्याल आधारभुत विद्यालय खलुबलुको भवन निर्माणमा १० लाख रुपैयाँ खर्च गरीएको बताईएको छ ।
जनताको समस्या तथा आवश्यकताको आधारमा योजनाहरु छनौट गरी रकम बिनियोजन गरेको भन्दै स्वास्थ्य, शिक्षा र पुर्वाधार विकास आफ्नो सबै भन्दा पहिलो प्राथमिकता रहेको सांसद रावलले बताए । बर्दगोरीया धामको पर्यटन विकास, निर्वाचन क्षेत्र भरी जोड्ने रिङरोड निर्माण, कर्णाली देखी गड्डाचौकी सम्म ६ लेनको राजमार्ग निर्माण तथा बिभिन्न स्थानमा झुलुङगे पुल निर्माण गर्ने आफ्नो प्रमुख योजना रहेको बताएका छन ।