लम्कीचुहा
लम्कीचुहा नगरपालिकाले नव आगन्तुक कर्मचारीलाई स्वागत , ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुखको बिदाई
एजेन्सी | २०७६ श्रावण १९ गते १५:२९ मा प्रकाशित
मंगल बास्कोटे
लम्की÷श्रावण १९
कैलालीको लम्कीचुहा नगरपालिकाले आज नव आगन्तुक कर्मचारीलाई स्वागत तथा ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुखको बिदाई गरेको छ । ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरिक्षक सुरेन्द्र प्रसाद जोशीको बिदाई तथा नगरपालिकामा नव आगन्तुक कर्मचारी कृषि बिकास अधिकृत बिक्रम चौधरी ,कृषि सहायक अधिकृत सुरेश ढुङ्गाना, सह लेखापाल मनिषा पौडेल र महिला तथा बालबालिका शाखाका प्रमुख भुवनेश्वरी अवस्थीलाइ स्वागत गरिएको हो ।ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख सुरेन्द्र प्रसाद जोशी सरुवा भई जिल्ला प्रहरी कार्यालय दार्चलामा जादै हुनुहुन्छ । १४ महिने बसाईमा लम्की क्षेत्रको शान्ति सुरक्षाको लागी तल्लीन रही महत्वपुर्ण भुमिका खेलेको भन्दै नगर प्रमुख महादेब बजगाईले दोसल्ला ओढाएर सम्मान गर्दै बिदाई गर्नु भएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख बजगाईले यस क्षेत्रको शान्ति सुरक्षामा खलल् पु¥याउने गतिबिधि संग प्रत्येक्ष सक्रिय रहि सुरक्षाको प्रत्याभुति दिलाउनु भएको भन्दै जोशीलाई धन्याबाद दिनु भएको थियो । कर्मचारी र जनप्रतिनिधिका बिच केही कुरामा मतभेद भए कर्मचारीले कानुनका र जनप्रतिनिधिले जनताका भावनाका पक्षमा मत राख्दा मतभेद भएपनि सौहार्दपुर्ण बाताबरणमा कार्य सम्पन्न भएको नगर प्रमुख बजगाईले जोड दिनु भयो । १४ महिने बसाईमा अग्रह,पुर्वाग्रह भन्ने कुरा उहामा काही कतैबाट पनि सून्न र देख्न नपाएको भन्दै जोशीको प्रशंसा गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख जोशीले पहिलो पोष्टिङ् लम्की भएकाले आफ्नो लागी लम्की सदैब बिशेष रहने बताउनु भएको छ । मरो अनुभबका कारणले पनि चुनौती स्वीकार्न सम्भब थिएन उहालले भन्नु भयो ःसबैको सहकार्यले चुनौतीहरुलाई सहजै रुपमा बदल्न सकिएको छ । १४ महिने बसाईमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग प्रदान गर्ने सम्पुर्ण धन्याद ज्ञापन गर्दछु । सुरुवात र सफता लम्की भएकोले पनि लम्की सधै मनमा रहने उहाले बताउनु भएको छ । जोशी १४ महिना अघि ईलाका प्रहरी कार्यालय लम्कीमा प्रमुखको रुपमा आउनु भएको हो । कार्यक्रममा लम्कीचुहा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कृष्ण बहादुर खड्का,वडा नं.२ का वडा अध्यक्ष बिष्णु प्रसाद ढकाल,वडा नं.४ का वडा अध्यक्ष लाल बहादुर बोगटीले मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन बिष्णु प्रसाद खनालले गनु भएको हो ।