लम्कीचुहा
बालकल्याण माध्यमिक विद्यालयमा वक्तृत्वकला तथा बाल प्रतिभा पहिचान कार्यक्रम सम्पन्न
कैलाली पोष्ट | २०७६ भाद्र २९ गते १५:२३ मा प्रकाशित
राष्ट्रिय बाल दिवस २०७६ का अवसरमा आज लम्कीचुहा नगरपालिका वडा नम्बर १, भुरुवामा रहेको बालकल्याण माध्यमिक विद्यालयमा वक्तृत्वकला तथा बाल प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा गठीत सृजनशिल बाल क्लबको आयोजनामा भएको "बाल दिवस र यसको महत्व " विषयमा १२ जना सहभागी भएको अन्तर सदनात्मक वक्तृत्वकला प्रतियोगितामा कंचनजङ्घा सदनका सरिता दुब्राकोटीले प्रथम, माछापुच्छ्रे सदनका दीपिका आचार्यले दोस्रो, अन्नपूर्ण सदनका योगेश शाहीले तेस्रो र सैपाल सदनका जीवन न्यौपानेले सान्त्वना स्थान प्राप्त गरेको विद्यालयका सहायक प्रधानाध्यापक रंगप्रसाद तिमिल्सैनाले जानकारी दिनुभएको छन । "सुनिश्चित बाल अधिकार : समृद्ध नेपालको आधार" भन्ने मुल नारा सहित सृजनशिल बाल क्लबका उपाध्यक्ष कुशल भण्डारी को सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि विद्यालय का प्रधानाध्यापक रुपलाल जैशी रहनु भएको थियो ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थी बालबालिकाहरुले गीत, नृत्य , कविता, क्यारिकेचर, गजल लगायतका प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक रंगप्रसाद तिमिल्सैना, सृजनशिल बाल क्लबका शिक्षक प्रतिनिधि नरेन्द्र शाही, शिक्षकहरु शिव थापा, दीपेन्द्र खत्री, तेजप्रसाद भण्डारी , जीवबहादुर रावल , शिक्षिका नान्कला खनाल लगायतकाको उपस्थिति रहेको थियो ।।
सृजनशिल बाल क्लबका सह सचिव उर्मिला सन्ज्यालले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव जानकी खनालले गरेकी थिइन ।।