अक्षर साहित्य प्रतिष्ठानको एघारौं स्रष्टा आँगन तथा सम्मान कार्यक्रम राजापुर बद्रियामा हुने
कैलाली पोष्ट | २०७६ असोज १ गते १४:०८ मा प्रकाशित
अक्षर साहित्य प्रतिष्ठान लम्की कैलालीको एघारौं स्रष्टा आँगन तथा सम्मान कार्यक्रम राजापुर बद्रियामा हुने भएको छ । राजापुर साहित्य प्रतिष्ठानका अध्यक्ष एबम् वरिष्ठ साहित्यकार जेबी अनुरागीको आँगन राजापुर बद्रियामा असोज ४ गते एघारौं स्रष्टा आँगन तथा सम्मान कार्यक्रम संचालन हुने अक्षर साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष धनराज अविरलले बताए ।
जेबी अनुरागीको आँगन राजापुर बद्रियामा हुने एघारौं स्रष्टा आँगन तथा सम्मान कार्यक्रममा स्रष्टाको साहित्य लेखनमा महत्पूर्ण भूमिका निर्वाह गरेको भन्दै जेवी जेबी अनुरागीको जीवन संगिनी ज्योती शाही र साहित्यकार श्याम शरावीलाई सम्मान गर्ने अध्यक्ष अविरलले जानकारी दिए । बद्रियाका वरिष्ठ साहित्यकार जिबराज पाण्डेको प्रमुख आतिथ्यतामा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अविरलले बताएकाछन् ।
अक्षर साहित्य प्रतिष्ठानको स्थापना सँगै विगत एकबर्ष देखि चर्चित लोकप्रिय कार्यक्रम स्रष्टा आँगन तथा सम्मान कार्यक्रमले नेपाली साहित्यमा राम्रो पहिचान बनाउन सफल भएको छ । समाजमा साहित्य जागरण ल्याउदै आएको अक्षर साहित्य प्रतिष्ठानले कैलाली जिल्लामा मात्र नभई बाहिरी जिल्लामा समेत लोकप्रिय कार्यक्रम स्रष्टा आँगन तथा सम्मान कार्यक्रम गर्न सफल भएको छ । सुदूरपश्चिमको साहित्य सुस्ताउदै गएको बेला अक्षर साहित्य प्रतिष्ठानले नियमित सक्रिय साहित्य गतिबिधी गरेर राजधानीको ध्यानाआकर्षण गर्दै सबैको मन जित्न सक्षम भएकोे शिक्षक तथा समाजसेवी कृष्ण बिकले बताए ।
साहित्यिक क्षेत्रमा मात्र नभई सरकारी तथा गैरसकारी संघ ससंस्थाले आयोजना गर्ने हरेक कार्यक्रममा अक्षर साहित्य प्रतिष्ठानको महत्पूर्ण स्थान र भूमिका रहनुले पनि अक्षर साहित्य प्रतिष्ठानको उचाई बढेको तथा सबैको साझा र सहयोगी संस्था बनेको बिक बताउँछन् ।
अक्षर साहित्य प्रतिष्ठानका संरक्षक परमेश्वर कार्कीले संस्थाले छोटो समयमा धेरै ठूलो प्रगति गरेको भन्दै गाँउ घरमा साहित्यको जागरण ल्याउदै स्रष्टाहरु उत्पादन गर्ने काममा सफलता हाँसिल गरेको बताए । अब अक्षर साहित्य प्रतिष्ठानको यात्रा कहिल्यै नरोकिने र थप मजबुत बन्दै जाने उनी बताउँछन् ।
यस क्षेत्रको पहिलो बैधानिक साहित्यिक संस्था अक्षर साहित्य प्रतिष्ठान हो । २०७५ कार्तिक १४ गते जन्मेको अक्षर साहित्य प्रतिष्ठानले मंशिर १ गते आफ्नै आँगन लम्की मोतीपुर बाट शुरु गरेको स्रष्टा आँगन तथा सम्मान कार्यक्रम एघारौं शृङ्खला सम्म पुग्न सफल भएको अक्षर साहित्य प्रतिष्ठानका सल्लाहकार संयोजक रोशन बोहराले बताए । स्रष्टा आँगन तथा सम्मान कार्यक्रम चितवनमा सम्पन्न भएको र बद्रिया जिल्लामा संचालन हुन गईरहेकोले यो संस्थाको सबैभन्दा ठूलो सफलता भएको उनी बताउँछन् ।
अक्षर साहित्यिक पत्रिकाका प्रधान सम्पादक एबम्् अक्षर साहित्य प्रतिष्ठानका सल्लाहकार अमर वलीले स्रष्टा जुनसुकै ठाउँका कार्यक्रममा सहभागी भएकाछन् । तर एक जिल्ला बाट अर्को जिल्लामा कार्यक्रम गर्न सफल भएको अक्षर साहित्य प्रतिष्ठान नेपालको पहिलो संस्था भएको बताए । स्रष्टाकै आँगनमा गएर गरिने स्रष्टा आँगन तथा सम्मान कार्यक्रम नौलो र पृथक रहेको वली बताउँछन् ।
स्रष्टा आँगन तथा सम्मान कार्यक्रममा स्रष्टाको व्यक्तित्व र जीवनी माथि लिखित रुपामा प्रकाश पार्ने र अभिलेखीकरण गर्दै आएको अक्षर साहित्य प्रतिष्ठानका सल्लाहकार बिपी खनालले बताए । सोही कार्यक्रममा स्रष्टालाई सम्मान नगरेर स्रष्टालाई साहित्यिक वातावरण निमार्णमा सहयोग पुगाउने परिवारका सदस्यलाई सम्मान गर्ने, कार्यक्रममा स्रष्टाले वाचन गरेका रचनाहरुलाई संकलन गर्ने र समग्र कार्यक्रमको समीक्षा सहित स्रष्टा आँगन तथा सम्मान कार्यक्रम सम्पन्न हुने गरेको बिपी बताउँछन् । जस्का कारण स्रष्टा आँगन तथा सम्मान कार्यक्रम लोकप्रिय बन्दै गएको छ ।