कैलालीका स्थानीय तह मध्य लम्कीचुहाको भैतिक प्रगति उल्लेखिय
कैलाली पोष्ट | २०७६ असोज २ गते १६:४३ मा प्रकाशित
स्थानीय सरकार संचलानमा आएको करीब अढाई बर्ष पुग्दा जनताका कति आकाक्षा पुरा भए÷भएन्न् भन्ने प्रश्न गरिरहँदा कैलालीका स्थानीय तहका प्रगति प्रतिवेदन हेर्दा लम्कीचुहा नगरपालिकाले भौतिक विकासमा उल्लेखिय प्रगति गरेको गरेको देखिएको छ ।
जिल्ला समन्वय समिति कैलाली द्धारा आयोजित बार्षिक समिक्षा कार्यक्रममा कैलालीका स्थानीय तह द्धारा प्रस्तुत गरिएको प्रगति विवरण बाट लम्कीचुहा नगरपालिकाले भौतिक क्षेत्रमा सबैभन्दा बढि प्रगति गरको पाईएको हो । लम्कीचुहा नगरपालिकाले आर्थिक बर्ष २०७५÷७६ मा १५ किलोमिटर बाटो कालोपत्रे गरेको छ भने ,त्यसै आ.व.मा लम्कीचुहाले २८ किलोमिटर बाटो ग्राभेल पनि गरेको छ । विद्यालयमा नयाँ १८ वटा भवन निमार्ण गरेको छ भने २७ वटा विद्यालयमा मर्मत सम्भारको काम गरेको छ । साथै लम्कीचुहाले ६ वटा खानेपानीको योजना पनि संचलानमा ल्याएको छ ।
लम्कीचुहा नगरपालिकाले नगर विकासको दुरदृष्टि राख्दै नगर विकासका थुप्रै आयोजाना समेत ल्याएको छ । लम्कीचुहा नगरपालिकाले आफ्नो नगरक्षेत्रमा नेपालकै नमुना पार्क नगर उद्यान महोनलाल लाई आफ्नो गौरवको आयोजनामा राखेको छ । त्यसैगरी नगर गौरवको आयोजनामा चुहाको ५० शैयाको सामुदायिक अस्पताल, १५ शैयाको भल्का स्वास्थ्य चौकी,प्रत्येक वडामा स्वास्थ्य सेवा केन्द्रको स्थापना, नमुना माध्यामिक विद्यालयमा भौतिक संरचना निमार्ण,एक वडामा १ किलोमिटर कालोपत्रेका योजना रहेका छन् ।
तर, अन्य नगरपालिकमा भने भौतिक विकासको काममा प्रगति विवरण कमजोर देखिएको छ । सुदूरपश्चिमको प्रदेश राजधानी रहने गोदावरी नगरपालिकामा आर्थिक बर्ष २०७५÷७६ मा जम्मा ८ दशमलव २ किलोमिटर मात्र कालोपत्रे गरेको छ । त्यस्तै घोडाघोडी नगरपालिकाले ३ दशमलव ३ सय पैतिस किलोमिटर कालोपत्रे गरेको छ भने बर्दगोरीया गाउँपालिकाले २ दशमलव २ सय पचास किलोमिटर कालो पत्रेको गरेको छ ।
जानकी गाउँपालिकाले त्यसै आर्थिक बर्ष २०७५÷७६ मा साढे तीन किलोटिर, टीकापुर नगरपालिकाले ३ दशमलव ९ किलोमिटर , जोशिपुर गाउँपालिको २ किलोमिटर र कैलारी गाउँपालिकाले ३ दशमलव १ किलोमिटर कालोपत्रे गरेको छ ।
लम्कीचुहा नगरपालिका कालोपत्रेमा मात्रमात्र नभएर अन्य क्षेत्र पुल,कल्भर्ट निमार्ण, सिचाई, भवन तथा शहरी विकास, वैकल्पिक नविकरणीय उर्जा, नदि नियण्त्रण, ढल निकास, शिक्षा, संस्कृति प्रर्वद्धन, युवा महिला बालविकास कार्यक्रम, लक्षित समुदायको कार्यक्रम, कुषि तथा पशुपन्छि, पर्या–पर्यटन,गरिबी न्युनिरकण, सहकारी तथा उद्यम विकास लगायतका क्षेत्रमा पनि अन्य पालिका भन्दा राम्रो प्रगति गरेको देखिएको छ । लम्कीचुहा नगरपालिकाले आर्थिक बर्ष आफ्नो कुल बजेटको ७५ प्रतिशत भन्दा बढी खर्च गर्न पनि सफल भएको छ ।