लम्कीचुहा
बाल कचहरी कार्यक्रमको आयोजना
एजेन्सी | २०७६ असोज ९ गते १७:५० मा प्रकाशित
लम्की/ असोज ९
लम्कीचुहा नगरपालिकाको लम्कीमा आज बाल कचहरी कार्यक्रमको आयोजना गरिएको छ ।
लम्कीचुहा नगरपालिकाको आयोजना तथा गुड नेवर्स इन्टरनेशनल नेपाल कैलाली र सेवक नेपाल कैलालीको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
"बाल अधिकारको सम्बर्द्धन : नेपालमा बाल विवाहको अन्त्य " विषयमा बाल विवाह विरुद्धको अभियानलाई सघाउ पुर्याउन स्थानीय सरकार , जनप्रतिनिधि , बुद्धिजीवी , समाजसेवी , बाल अधिकारकर्मी, शिक्षक , बालबालिका तथा सरोकारवालाहरु सबै एकै मञ्चम उभिई बालविवाह न्यूनीकरणको लागि चिन्तन मनन गर्ने र सम्बन्धित सबैको प्रतिबद्धता लिने उदेश्यले बाल कचहरी कार्यक्रमको आयोजना गरिएको लम्कीचुहा नगरपालिकाले जनाएको छ ।
लम्कीचुहा नगरपालिकाका उपप्रमुख टीका थापाको सभापतित्वमा भएको कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष भक्तबहादुर चलाउने , वडा नम्बर ७ का अध्यक्ष हरीराम चौधरी , वडा नम्बर ९ का अध्यक्ष रामप्रसाद चौधरी , वडा नम्बर १० का अध्यक्ष हर्कबहादुर कठरिया, लम्कीचुहा नगरपालिकाका स्वास्थ्य संयोजक जयन्ती बि. सी., शिक्षा शाखाका टीकाराम जोशी, गुड नेवर्श इन्टरनेशनल कैलालीका संयोजक देबेन्द्र भण्डारी , सेवक नेपाल कैलालीका प्रेम चौधरी , विभिन्न्न विद्यालयका प्रधानाध्यापक , शिक्षक तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बालबालिकाहरुले बाल अधिकार , बाल विवाह , बाल संरक्षण लगायतका विषयमा उपस्थित अतिथिहरुलाई प्रश्न राखेका थिए भने अतिथिहरुले प्रश्नहरुका उत्तर दिनु भएको थियो ।
कार्यक्रममा लम्कीचुहा नगरपालिकालाई बाल विवाह मुक्त नगरपालिका घोषणाका लागि रणनीतिक योजना निर्माण गर्ने , बाल विवाह अन्त्यका लागि सरोकारवाला सबैले सामुहिक अभियान संचालन गर्ने लगायतका ४ बुदामा सहभागीहरुले प्रतिबद्धता समेत गरेका छन ।
गुड नेवर्श इन्टरनेशनल कैलालीका संयोजक देबेन्द्र भण्डारीले कार्यक्रमको उदेश्यमाथी प्रकाश पार्नु भएको कार्यक्रमको सहजीकरण बालकल्याण मावि भुरुवाका सहायक प्रधानाध्यापक तथा बाल अधिकारकर्मी रंगप्रसाद तिमिल्सैनाले गर्नु भएको थियो ।
सोही कार्यक्रममै तपेश जैशीको अध्यक्षतामा २१ सदस्यीय लम्कीचुहा नगरपालिका स्तरीय नगर बाल संजालको समेत पुनर्गठन समेत गरिएको छ ।