खेलकुद
पाचौं जेटि कप : गुरुकुल ,गणेशबाबा र द शनराईज बिजयी
कैलाली पोष्ट | २०७६ कार्तिक २५ गते १७:१६ मा प्रकाशित
पदम ओझा बौनिया कार्तिक २५
मुडा बजरको खेलमैदानमा जारी पाचौं जेटि कृकेट कपमा आज भएका तिन खेलमा गुरुकुल,गणेशबाबा र द शनराईज बिजयी भएका छन । आज बिहान ८ बजे भएको खेलमा गुरुकुल लम्किले बसन्त मुरारीलाई ५ रनले पराजित गर्दै क्यावटर फाईनलमा पुग्न सफल भएको छ । बसन्त मुरारिको पराजय संगै प्रतियोगिता बाट समेत बाहिरिएको छ । प्रतियोगितामा आफ्न लिग चरणका २ खेल जित्दै क्वाटर फाईनल पुग्ने पहिलो टिम बनेको हो । टस हारेर पहिले ब्याटिङ गरेको गुरुकुल लम्किले निर्धारित १५ ओभरमा ९ बिकेट गुमाउदै १ सय १५ रन बनाउन सफल भएको थियो । गुरुकुलका लागी धुर्ब जैशिले ३३ रनको योगदान गरेका थिए । बसन्त मुरारिका अरुण बि क ले ३ तथा शेर देउबाले २ बिकेट हात पारेका थिए । १ सय १६ रनको बिजयी लक्ष्य लिएर मैदान आएको बसन्त मुरारी निर्धारित१५ मध्य १४.३ ओभर खेल्दै अल आउट हुदै १ सय १० रन बनाउन सफल भएको हो । बसन्त मुरारिका लागी आक्रमक ब्याटिङ गरेका सुरेश भुलले ४० बलमा ९ छक्का र ३ चौकाको मद्धतमा ८४ रनको योगदान गरे पनि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्सन गर्न नसक्दा हार ब्यहोर्न बाध्य भएको हो । गुरुकुलका लगि लक्षमण देवकोटाले ३ बिकेट लिन सफल भएका थिए । उनि म्यान अफद बन्न सफल भए । यस गरि आज नै भएको अर्को खेलमा गणेशबाबा बिजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको कालिकाले निर्धारित १५ ओभर मध्य १३.२ ओभर खेल्दै ६४ रनमा अल आउट हुन पुगेको थियो । ६५ रनको लक्ष्य लिएर मैदान आएको गणेश बाबा निर्धारित १५ ओभर मध्य ९.२ ओभर खेल्दै ५ बिकेट गुमाउदै लक्ष्य भेटाउन सफल भएको हो । गणेश बाबाका शुभास रावल म्यान अफ द म्याच बन्न सफल भए । यसै गरि आज नै भएको अन्तिम खेलमा द शनराईज बिजयी भएको छ । आयोजक जगततारालाई ४ रनले पराजित गर्दै द शनराईज बिजयी भएको हो । शनराईजले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित १५ ओभरमा ७ बिकेट गुमाउदै ११२ रन बनाउन सफल भएको थियो । ११३ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको जगततारा निर्धरित १५ ओभर खेल्दै अल आउट हुदै १०८ रन मात्र बनाउन सक्यो र ४ रनले हार ब्यहोर्न बाध्य भएक हो । द शनराईज का रमेश बम म्यान अफ द म्याछ बन्न सफल भए । यसै गरि भोली बिहान ८ बजे उज्यालो लम्किका विरुद्ध ब्राईट फ्युचर ,बिहान ११ बजे आर एम ई टिकापुर का बिरुद्द आदर्श सामुदायिक र भोलिको अन्तिम खेल कालिका माबी का बिरुद्द नोबेल बिच खेल हुने सह संयोजक मनोज कुमार पन्तले जानकारी दिए