लम्कीचुहा
बरु ज्यान जाला एक इन्च भूमि भारतलाई लिन दिन्नौं सांसदः रावल
धनराज बि.क अबिरल | २०७६ कार्तिक २५ गते १७:१८ मा प्रकाशित
धनराज बिक
कैलाली क्षेत्र नंम्बर २ का संघीय सांसद झपट बहादुर रावलले बरु ज्यान जाला तर देशको एक इन्च भूमि भारतलाई लिन नदिने बताएका छन् ।
सोमबार लम्की स्थित झुङ्गा रिसोर्टमा पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरु संग संक्षिप्त कुरा गर्दै सासंद रावलले सो कुरा बताएका हुन् । भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी,लिपुलेख र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो नक्सामा समावेश गरेपछि सडक सहित सामाजिक संजालमा व्यापक विरोध हुदै आएको सन्दर्भमा पत्रकारहरुको जिज्ञासामा सांसंद रावलले नेपालको कालापानी,लिपुलेख र लिम्पियाधुरा क्षेत्र नेपालका अभिन्न अंग र पुर्खाको सम्पतीको रुपमा रहेकाले ज्यान दिएर भए पनि नेपालको कालापानी,लिपुलेख र लिम्पियाधुरा क्षेत्रलाई भारतमा लग्न नदिने कुरामा आफु र आफ्नो सरकार स्पष्ट रहेको बताए । पुर्खाको रगत र पसिनाले सिर्जित भूमिलाई कसैले आफ्नो हो भन्दै नक्सा जारी गरेको भरेमा मान्य हुन नसक्ने बताएका हुन् । सीमानामा भारतीय सेना हटाउनु पर्नेमा रावलले जोड दिए ।
बल्चौर बादी समुदायका लागि बिशेष कार्यक्रम ल्याउने तयारी भएको छ । यसपाली बादी समुदायको बस्ती विकासको लागि ८० लाख रकम बिनियोजन गरेको सांसद रावलले जानकारी दिए । भूमिहिन, अव्यवस्थित रुपमा बस्दै आएका जनतालाई जग्गा धनी लालपूर्जा वितरण गरिने भन्दै भूमि ऐन प्रमाणीकरण भएपछि तत्काल काम सुरु हुने उनले बताए । प्रतिपक्ष कांग्रेसकै कारण विधेयक पास हुन समय लागेको आरोप समेत रावलले लगाए ।
कैलाली जिल्ला समन्वय समितिका सभापती सूर्य बहादुर थापालाई पत्रकारले गरेको प्रश्नमा थापाले जनताको जीवन स्तर सतहीरुप उकास्नका लागि पर्यटकिय र आधुनिक कृषितर्फ ध्यान दिनुपर्ने बताए । कैलाली लाई पर्यटकिय सम्भावनाको क्षेत्रको रुपमा विकास गर्न लागेको बताए ।
लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईले लम्कीचुहामा १६ वटा खानेपानीका योजना मार्फत ८० प्रतिशत नागरिकलाई स्वच्छ पिउने पानीको व्यवस्था गर्न लागि परेको बताए । नगरपालिकामा ४५ किलोमिटर बाटोकालो पत्रे हुन लागेको भन्दै डुडेझारीमा १० अर्वको लगानीमा औधोगिक पार्क निमार्ण गर्न लागेको मेयर बजगाईले बताए । औद्योगिक पार्क निमार्ण भएमा लम्कीचुहा नगरपालिका अधिकांश जनता सुलभ रोजगारीमाको पहुँचमा हुने बताए ।