जनप्रतिनिधी आएपछि लम्कीचुहामा १६ वटा खानेपानी योजना संचालनमा ८० प्रतिशत नगरवासीलाई पुग्ने
कैलाली पोष्ट | २०७६ कार्तिक २५ गते १९:०८ मा प्रकाशित
स्थानीय तहको निर्वाचन २०७४ बाट निर्वाचित जनप्रतिनिधी आए संगै लम्कीचुहा नगरपालिकामा १६ वटा खानेपानी योजना संचालन भएका छन् ।
जनप्रतिनिधी आउनु पहिला लम्कीचुहा नगरपालिका भरीमा चालु अवस्थामा लम्की साना सहरी खानेपानी योजना मात्र एउटा योजना थियो तर जनप्रतिनिधी आए संगै लम्कीचुहा नगरपालिमा १६ वटा खानेपानी योजना संचलानमा आएका छन् ।
सबैभन्दा बढी खानेपानीको समस्या वडा नंम्बर ३ को चिसापानी क्षेत्रमा रहेको थियो । त्यस क्षेत्रका बासिन्दा कर्णाली नदीको दुषित पानी प्रयोग गर्ने गरेका थिए । कर्णाली नदीको दुषित पानीको सेवनले चिसापानी क्षेत्रका बासिन्दाको स्वास्थ्यमा पनि प्रतिकुल असर गरीरहेको थियो तर तीनै तहमा जनप्रतिनधी आए संगै अहिले चिसापनी क्षेत्रमै तीनवटा खोपानीको योजाना लागु भईरहेको वडा अध्यक्ष भक्त बहादुर चलाउने बताउछन् ।
“लम्कीचुहा नगरपालिकामैै सबैभन्दा बढि खानेपानीको समस्या रहेको क्षेत्र भनेकै यहि नै थियो । यस क्षेत्रका जनतालाई शुद्ध खानेपानी पिलाउनृु पर्छ भन्ने हामी तीनै तहका जनप्रतिनिधीका बिच छलफल भएपछि क्रमशः रुपमा काम गर्दै जादा अहिले तीन वटा खानेपानी योजना लागु गरेको छौ । चिसापानी खानेपानी योजनालाई बृहत योजनाको रुपमा लिएका छौ । यसको लागत नै ५ करोड लाग्ने अनुमान गरीएकोले यस लाई क्रमागत योजनाको रुपमा लिएर काम गर्दैछौ । अहिले लाई देउराली खानेपानी योजना मार्फत करीब २ सयको हाराहारीमा धारा वितरण गरीएको छ । थप खानोपानी आपुर्तीका लागि सिद्धार्थ होटेलले दैनिकरुपमा १० हजार लिटर पानी वितरण गर्दै आएको छ । अहिले चिसापानी क्षेत्रमा पहिलाको जस्तो कर्णाली नदीको दुषित पानी पिउने बाध्यता भने छैन् ।”
त्यस्तै अर्को खानेपानीको बढी समस्याका रुपमा रहेको लम्कीचुहा नगरपालिकाको वडा भनेको, वडा नंम्बर ४ हो । जनगणना २०६८ अनुसार वडा नंम्बर ४ मा १ हजार आठ ५९ घरधुरी सहित ९ हजार पाँच सयको बसोबास रहेको छ जसमा वडा कार्यालयका अनुसार करीब ६ हजार जनसंख्या जति महेन्द्र राजमार्गको उत्तर तर्फ बसोबास गर्ने भएको हुनाले त्यो जनसंख्या पानीको समस्या बाट लामो समय देखि पिडित रहेको थियो । अहिले जनप्रतिनिधी आएपछि वडा नंम्बर ४ मा पनि तीन वटा खानेपानी योजना संचलानमा आएपछि वडा नंम्बर ४ का एक हजार आठ सय भन्दा बढी घरधुरीमा खानेपानी पुगाउने काम तिव्रताका साथ अघि बढेका वडा अध्यक्ष लाल बहादुर बोगटी बताउछन् ।
“ वडा नंम्बर ४ को उत्तरी तर्फको क्षेत्र भनेको सुख्खा भएकाले त्यस क्षेत्रका बासिन्दा खानेपानीको समस्या बाट धेरै पिडित थिए । जब नगरपालिका बाट बजेट विनियोजन भयो अहिले यस वडामा तीन वटा योजनाहरु संचलानमा आएका छन् । बलिया खानेपानी योजना सहित बौद्ध गुम्बा खानेपानी योजना र कौवापुर खानेपानी योजना संचलानमा आएका छन् । यी केही स्थानमा पाईप लाईन विस्तारको काम बाँकी रहेकोले तिव्र गतिमा पाईप लाईन विस्तार काम चलिरहेको छ । पाईप लाईन विस्तार भएमा वडा नंम्बर ४ का एक हजार आठ सय भन्दा बढी घरधुरीम खानेपानीको पहुच हुने छ । ”
त्यस्तै वडा नंम्बर ६ मा पनि अहिले तीन वटा खानेपानीका आयोजना संचलानमा आएका छन् । बाघमारा खानेपानी योजना, मालिका खानेपानी योजना र चुहा बृहत खानेपानी योजाना लागु भएका छन् । वडा अध्यक्ष नेत्र मगरले जनप्रतिनिधी आए पश्चात लम्कीचुहाका वडा नंम्बर ६ का एक हजार सात सय घरधुरीमा नै खानेपानी पुगाउने लक्ष्यका साथ आफुहरुले काम गरीरहेको बताए ।
उनि भन्छन् “वडा नंम्बर ६ मा महेन्द्र राजमार्गको दक्षिण भन्दा पनि उत्तर तर्फ बढि मात्रामा खानेपानीको समस्या रहेको थियो भने त्यसैमा उत्तर तर्फको भागमा बढि जनसंख्या बसोबास गर्ने गर्दछ । हामि निर्वाचित भएर आउनु पुर्व यहाँ अल्पकालिनरुमा एउटा मात्र खानेपानी योजना थियो त्यसको पहुँच पनि एकदमै सिमित रुपमा रहेको थियो तर, अहिले हामिले खानेपानी योजना संचलानको लागि आवश्यक बजेट र कार्यविधी तयार गरी कामको शुरुवात गरेपछि वडा नंम्बर ६ का ९ हजार जनतालाई यसै बर्षमा शुद्ध खानेपानीको पहुचमा पुगाउने लक्ष्य लिएका छौ ।
लम्कीचुहा नगरपालिका वडा नंम्बर ७ मा १ हजार दुई सय एक घरधुरी सहित ६ हजार पाँचसय तेह्र जनसंख्या रहे पनि अहिले सम्म त्यस क्षेत्रका को लागि पिउने पानी स्रोत भनेको नल्का नै हो । लम्कीचुहा नगरपालिकाका अन्य वडाको तुलनामा वडा नंम्बर ७ र वडा नंम्बर ९ नल्काको पानीमा बढि आर्सेनिक पाईने क्षेत्र हुन् । त्यसैमा हाल सम्म यहाँका जनता शुद्ध खानेपानीको पहँुचमा नभएपनि दुई वटा खानेपानी संचलानमा आउने तयारीमा छन् । खरौला खानेपानी र हरीयापुर खानेपानी योजनाको पाईप लाईन विस्तार बाहेक सम्पुर्ण काम सम्पन्न भएको वडा अध्यक्ष हरी राम चौधरी बताउछन् । वडा अध्यक्ष चौधरले खरौला खानेपानी र हरीयापुर खानेपानीको ट्याकीं निर्माण देखि बोरीङ्ग खन्ने सम्मको काम भईसकेको अब जति सक्दो खानेपानीको पाईप लाईन विस्तार गरेर जनताको घर दैलोमा धारा वितरण गर्ने बताए ।
त्यसैगरि वडा नंम्बर ८ मा पनि दुई वटा खानेपानीका योजना लागु भएका छन् । शिवपुर खानेपान ियोजना र डम्मरीया खानेपानी योजना । वडा नंम्बर ८ का वडा अध्यक्ष पुर्ण बहादुर बिष्टका अनुसार यि दुई खानेपानी पुर्णरुपमा संचलानमा आएमा वडा नंम्बर ८ का १ हजार ५४ घरधुरीमा शुद्ध खानेपानीको पहुँचमा हुनेछन् । वडा नंम्बर ८ ले आर्थिक बर्ष २०७५÷७६ मा सिचाईका लागि भनेर ३० वटा पम्पसेट वितरण पनि गरेको थियो जसको कारणले वडा नंम्बर ८ का किसानले यस बर्षको धान समयै रोप्न पाएका थिए ।
वडा नंम्बर ९ मा जनप्रतिनिधी आउनु पुर्वनै खानेपानी योजना रहे पनि त्यसको संचलान हुन सकेको थिएन । जनप्रतिनिधी आएर नगरपालिका र संघिय सासंद झपट बहादुर रावलले बजेट विनियोजन गरेपछि अहिले प्रतापपुर खानेपानी योजना पुर्णरुपमा संचालनमा आएको छ । जसले गर्दा त्यस वडाका ७ हजार पाँच सय साठी जनता खानेपानीको पहँुचमा छन् ।
वडा नंम्बर २ मा भने शुद्ध खानेपानीको पहुँचमा पहिले देखि भएकोले वडाले यस बर्ष सडकको दुई तर्फ पाईप लाईन बिस्तार गर्ने भएको हो भने वडा नंम्बर ५ मा भने चौरी खानेपानी योजनामा २० लाख बजेट विनियोजन गर्दै यस बर्ष धारा वितरण गर्ने वडा अध्यक्ष माया बिष्टले बताए ।