लम्कीचुहा
सरोकारवाला निकाय द्धारा संयुक्त अनुगमन
धनराज बि.क अबिरल | २०७६ पौस ७ गते ०८:३६ मा प्रकाशित
सरोकारवाला निकाय द्धारा संयुक्त अनुगमन लम्कीचुहा नगरपालिकामा आईतबार सम्पन्न भएको छ । लम्कीचुहा नगरपालिकामा संचालित सामुदायिक विकास परियोजना अन्र्तगत संचालन भएका क्रियाकलापको सरोकारवाला निकायले संयुक्त अनुगमन गरेकाहुन । गुड नेर्वस इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र दिगो उद्यम तथा वातावरण विकास कार्यका लागि सचेतना केन्द्र (सेवक नेपाल) कैलालीको साझेदारीमा परियोजाना लम्कीचुहामा २०१९ देखि संचालन भएको थियो ।
लम्कीचुहा नगरपालिकाका नगर उपप्रम्ख टीका थापाको संयोजकत्वमा भएको अनुगमन कार्यक्रममा गुड नेर्वस इन्टरनेशनल नेपालका जिल्ला संयोजक देवेन्द्र भण्डारी, सेवक नेपालका टिम लिडर दुर्गा प्रसाद ढुंगाना, शिक्षा विकास अधिकृत प्रेम चौधरी, जेटिए बिष्णु चौधरी, सव यन्जयनियर नरेन्द्र सिंह धामी र जन स्वास्थ्य सहायक समर चौधरीको सहभागिता रहेको थियो ।
सेवक नेपालले लम्कीचुहामा सहकारी शिक्षा, पशु स्वास्थ्य शिविर, खानेपानीको लागि धारा निर्माण, शैक्षिक सामाग्री बितरण, विद्यालय भवन निर्माण, अभिभावक शिक्षा अभिमुखिकरण जस्ता कार्यक्रम संचालन गर्दै आएको थियो ।