समान कामको समान ज्याला लागु हुन्छ : मेयर बजगाई
प्रिन्स बि.क | २०७५ फाल्गुन २५ गते १९:२१ मा प्रकाशित
समानको कामको समान ज्याला लागु हुने लम्कीचुहा नगरापालिका मेयर महादेब बजगार्ईले बताएका छन् ।
१०९ औं अन्तराष्ट्रिय नारी दिवसको २०७५ को अवसरमा लम्कीमा आयोजित कार्यक्रममा बोल्दै मेयर बजगाईले आजको यहाँ सम्पन्न भएको कार्यक्रमले राम्रो सन्देश दिएको बताउदै समान किसिमका काममा पनि महिला पुरुषको ज्यालमा गरीने विभेदको अन्तय गर्दै अब देखि समान काममा समान ज्यालाको नीति लागु हुने बताए ।
१०९ औं अन्तराष्ट्रिय नारी दिवसको कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर बजगाईले नारीको महिमा आज मात्र नभएर परापुर्वकाल देखि लिएर धार्मिक ग्रन्थमा पनि पुरुषले विजय प्राप्त गर्न नसकेका युद्ध समेत नारीले विजय भएको उल्लेख गरेको पाईएको छ । त्यसैले नारीको महिमा सिमित शब्दमा गर्न नसकिने बताए । समाजमा रहेका विसंगती तथा कुरीती मध्यको छाउपडी प्रथा उन्मुलनका लागि उप–मेयर ज्युले अभियान थाल्नुभएको छ । जसका कारण आज लम्कीचुहा नगरपालिकामा रहेका ९ सय ५० वटा छाउ गोठ मध्यका ६० प्रतिशत छाउ गोठ भत्काईएको र बाकी लाई पनि चाडै भत्काईने छ । छाउ गोठ हटाउदा आज दिदि बहीनी घरमा बस्न सक्नुभएको छ । त्यस्तै लेगिंक हिंसाको मुख्य कारण भनेको बेरोजगारी हो भन्ने कुरा हामिलाई लागेको छ । त्यसैले लम्कीचुहा नगरपालिकाले १७ वटा विधामा तालिम दिदै छ । जस मध्य महिला दिदि बहीनीहरुले सिलाई कटाईमा बढीमा आवेदन दिनुभएको थियो । हामिले सिलाई कटाईमा सिमित सिट राखेका थियौ पछि आवे दन बढी आएपछि हामिले सिट सय प्रतिशतले बृद्धी गरेका छौं ।
मेयर बजगाईले अघिल्लो समयमा महिला दिदि बहीनीले कृषि तर्फ आफुहरु सिप सिकेर काम गर्न तयार रहेको कुरा बताए पछि यस बर्ष हामि ले कृषि तर्फ विभिन्न खेतिमा अनुदान र। तालिम दिने भएका छौ ,जसका लागि सुचना पनि प्रकाशन गरीसकेको बताए ।
केयर नेपाल र निड्स नेपालको साझेदारीमा हरीयो बन नेपालको सहयोगमा र लम्कीचुहा नगरपालिका द्धारा आयोजित कार्यक्रममा बोल्दै संयुक्त दलित सशक्तिकरण समाजका अध्यक्ष ढक ब. बि.क ले संघियता आएपनि जब सम्म हरेक किसिमका विभेदको अन्त्य हुदैन तब सम्म राज्य र सघियता आएको आभास नहुने कुरा बताए ।
कार्यक्रममा महिला बक्ताहरुले समान ज्यालाको समान पारीश्रमिकको बारेमा जोड दिएका थिए । पुरुष प्रधान यस समाजमा महिला प्रति हुने विभेद र हिंसामा महिलाहरुको पनि भुमिका त्यतिकै मात्रामा रहेको बताउदै महिला अधिकार प्रति पहिलो जिम्मेवार महिला नैैै हुनु पर्ने धारणा ब्यक्त गरेका थिए ।महिला हिंसाको शुरुवात घर बाटै हुने भएकाले पहिले घरमै महिला हिंसाको अन्त्य गरीपर्ने बताए । आर्थिक रुपमा महिलाहरु परनिर्भर रहेकाले पनि महिलाहरु प्रतिको विभेद बढ्दो छ त्यसैले राज्यले महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने किसिका योजना ल्याउनुपर्छ ।
आजको २१ औं शताब्दी पनि नेपाली समाजमा विधमान कयौैं कुरीती तथा कुसंस्कारको चपेटमा महिलाहरु परीरहेका छन् । संविधान तथा ऐनमा महिला हक र अधिकारको रक्षा गरीए पनि ब्यबहारीकरुपमा कार्यान्यवन हुन सकेको छैन । घरमै महिलाले महिला माथि विभेद, बाबु द्धारा आफ्नै छारी बलात्कृत हुनुले महिलाको अवस्था यो देशमा कस्तो छ भनेर स्पष्ट देखिएको जसलाई हटाउन हामि निरन्तर लागि परेका छौ लम्कीचुहा नगरपालिका उप–प्रमुख तथा कार्यक्रमका सभाअध्यक्ष टीका थापाले बताए ।
नेकपाका खन्टे खत्री,नेपाली कांग्रेसका सुमन संज्याल,अन्तरपाटी महिला संजालकी सपना विसी,संयुक्त दलित सशक्तीकरण समाजका अध्यक्ष ढक ब .बि.क,लम्की लेडी जेसीजका इसरा थापा,सेवक नेपालका भागरथी रेग्मी, लम्कीचुहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख जयन्ति वि.सी,हरीयो बन नेपालका ईन्द्र कुवंर,ईप्रका लम्कीका सुरेन्द्र प्रसाद जोशी लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो ।